Logo

कोरोनाबाट जोगाउन यान्त्रिक कुकुर प्रयोग



सिङ्गापुर, २ जेठ । सिङ्गापुरमा कोरोना संक्रमण हुन नदिन सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम राखून् भनेर यान्त्रिक कुकुर प्रयोग गरिएको छ ।

अमेरिकास्थित एउटा कम्पनीले बनाएको उक्त रोबटमा मानिसहरूको गतिविधि निगरानी राख्न क्यामरा जडान गरिएको छ ।

यसबाट भएको लाउडस्पीकरले मानिसहरूलाई दूरी कायम राख्न बारम्बार सन्देश पनि दिन्छ । सिंङ्गापुरमा पार्कमा यो यान्त्रिक कुकुर प्रयोग परीक्षण गरिएको छ । पार्कमा कुकुरले गस्ती गरेर परीक्षण गरिएको छ ।

मानिस नजिक गएर यान्त्रिक कुकुरले स्वास्थ्य रहन आह्वान गर्दछ । उसले तपाई र वरपरका मासनसलाई सुरक्षित राख्न कम्तिमा एक मिटरको दुरी कायम सन्देश दिन्छ । बिबिसी

प्रतिक्रिया दिनुहोस्