Logo

‘टेकसाथी’ अनलाइन टेक्नोलोजी पोर्टल दोस्रो वर्षमा



काठमाडौं, १२ बैशाख । सूचना प्रविधि सम्बन्धी अनलाइन टेक्नोलोजी पोर्टल ‘टेकसाथी’ शुक्रबार एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले सूचना तथा प्रविधि समाचार, टेक बजारको अवस्था तथा विभिन्न सामग्रीको रिभ्यू गर्ने गरेको छ ।

‘टेकसाथी’ले नेपालमा उद्यमशीलता विकास गर्न चाहनेहरु सबैका लागि आफूलाई बलियो समर्थक बनेर उभ्याएको छ ।

यसका साथै, ‘टेकसाथी’ले सूचना प्रविधि सम्बन्धी विभिन्न कार्यक्रम, कार्यशालाको जानकारी पनि प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्