Logo

टोटनह्यामको भविष्यप्रति केन असन्तुष्ट



काठमाडौँ, १७ चैत । इंग्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केन आफ्नो प्रिमियर लिग क्लब टोटनह्यामको भविष्यप्रति असन्तुष्ट देखिएका छन् । उनले क्लबको प्रगतिमा आफ्नो भविष्य निर्भर रहने बताएका छन् ।

“यो मेरो जीवनको त्यो विषय हो, जहाँ म हुन्छ र हुन्न दुवै भन्न सक्दिनँ । किनकि मलाई टोटनह्याम धेरै मन पर्छ र क्लबले मलाई माया गरेको छ,” केनले भने, “मैले सधैं भन्दै आएको छु । यदि टोली एकरूपताका साथ अघि बढेको छैन भने म कोही होइन । जो यसका लागि सधै क्लबमै रहुँ । म कति महत्त्वकांक्षी खेलाडी हुँ । म अझै राम्रो गर्न चाहन्छु । म उत्कृष्ट खेलाडीमध्ये एक हुन चाहन्छु । त्यसैले यस विषयमा निर्भर गर्छ कि हामी एक टिम भएर कसरी अघि बढ्न सक्छौं ।”

उनले टोटनह्याममा सधैंभरी बस्न नसक्नेसमेत बताएका छन् । स्ट्राइकर केन २००४ देखि टोटनह्याममा रहँदै आएका छन् । तर, उनले कुनै उपाधि क्लबका लागि कुनै उपाधि जित्न सकेका छैनन् । केनले यस सिजनको प्रिमियर लिगका २० खेल खेल्दा ११ गोल गरेका छन् । सबै खाले २५ खेलमा उनको १७ गोल छ ।

२६ वर्षीय केन इंग्ल्यान्डको राष्ट्रिय टोलीमा परेदेखि टोटनह्यामको पहिलो रोजाइको खेलाडी बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्