Logo

सहारा नेपालले क्वारेन्टाइनलाई २० लाखको खाद्यान्न दिने



झापा, १३ चैत । सहारा नेपाल चारपानेले कोरोना भाइरस संक्रमणको शंकामा क्वारेन्टाइनमा राखिएका व्यक्तिको खानाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सहारा नेपालले कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराउने भएको हो । संस्थाको कार्यक्षेत्र झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थापित क्वारेन्टाइनका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ ।

सहाराले जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको समन्वयमा २० लाख रुपैयाँसम्मको खाद्यान्न उपलब्ध गराउने निर्णय भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्