Logo

बुद्धशान्तिमा मास्क उत्पादन गरि निशुल्क वितरण



झापा, १२ चैत । विश्वभर कारोना भाइरसको त्रास बढिरहेको बेला झापाको बुद्धशान्ति गाँउपालीकामा मास्क उत्पादन गरि निशुल्क वितरण गरिएको छ ।

बुद्धशान्ति गाँउपालीका-६ मा अवस्थित शिद्धेश्वर शिव मन्दिर, ‘शिदेश्वर प्रतिभा बालबगैँचा’ नामक बाल क्लब र एस युथ क्लबले सयुक्त रुपमा मास्क उत्पादन गरि स्थानियलाई निशुल्क वितरण गरिएको शिदेश्वर प्रतिभा बालबगैँचाका संयोजक बासुदेब न्योपानेले बताए । कारोना भाइरस (कोभिट-१९) बाट सतर्क रहन आग्रह गर्दै बुद्धशान्ति ५ र ६ को केहि टोलमा वितरण गरिएको उनले बताए ।

आज लगभग ३५० वटा मास्क वितरण गरिएको र अझै उत्पादन गरि वितरण गरिने शिद्धेश्वर शिव मन्दिरका अध्यक्ष डिल्लिराम खतिवडाले जानकरी दिए । मास्क उत्पादनकालागि स्थानिय (हाल अमेरिकामा रहेका) सागर दुलालले आर्थिक सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्