Logo

म पनि घरमैं छु, तपाईहरु पनि घरमैं बस्नुहोस्ः प्रधानमन्त्री



काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली बुधबार ट्वीट गर्दै अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् । ‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमैं बस्नुहोस्,।’ प्रधानमन्त्रीले ट्वीट गर्दै सार्वजनिक गरेको फोटोमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्