Logo

‘लकडाउन’को बेला देश बनाउने चिन्तन गर्नुहोस्ः राष्ट्रपति



काठमाडौं, १२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न आह्वान गरेकी छिन् ।

बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्शमा राष्ट्रपतिद्वारा जारी सन्देशमा लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सकिने कुरामा ध्यानाकर्षण गराएकी छिन् ।

यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्ततन मनन गर्ने काममा सदुपयोग गर्न सक्छन् भन्ने आफूलाई लागेको राष्ट्रपतिको भनाइ छ ।

उनले वर्तमान संवेदनशील अवस्थालाई मध्यनगर गर्दै सरकारले जारी गरेका निर्देशनलाई पालना गर्न पनि अनुरोध गरेकी छिन् । उनले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न आह्वान गर्दै घातक कोरोना भाइरसको विरुद्धको अभियानमा क्रियाशील हुन समेत आह्वान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्