Logo

ताप्लेजुङमा २० शैय्याको आइसोलेसन वार्ड तयार



ताप्लेजुङ, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमितलाई राख्नेगरी ताप्लेजुङमा २० शैय्याको आइसोलेसन वार्ड तयार पारिएको छ ।

फुङ्लिङ बजारस्थित ताप्लेजुङ उद्योग बाणिज्य सङ्घको भवनमा २० शैय्याको आइसोलेसन वार्ड मङ्गलबार तयार पारिएको हो । थप आइसोलेसन वार्ड तथा क्वारेन्टाइन केन्द्रका लागि विभिन्न ठाउँहरु पनि पहिचान गरिएका छन् । आवश्यकताअनुसार ती पहिचान गरिएका ठाउँमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति गठन भएको र कोभिड–१९ विरुद्ध जिल्लास्तरमा गर्नुपर्ने आइसोलेसन वार्ड, क्वारेन्टाइन केन्द्र, हेल्थ डेस्क लगायत सबै क्रियाकलापमा समिति सक्रिय रहँदै आएको समितिका सदस्यसचिव समेत रहनुभएका प्रजिअ निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्