Logo

स्वाब टेस्ट गर्न काठमाडौं नै पठाउँनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छः डा. कोइराला



काठमाडौं, १२ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थल मार्ग र हवाई मार्ग बन्द रहेको अवस्थामा कोरोनाको स्वाब टेस्टको लागी देशभरबाट काठमाडौं नै पठाउँनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले कोरोना भाइरसको स्वाब परीक्षण प्रादेशिक अस्पतालबाट गर्न पनि सरकारलाई सुझाएका छन् ।

उनले भनेका छन्, ‘नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने मानसिकताबाट बाहिर निस्केर सरकारले सबै प्रादेशिक अस्पतालहरूमा कोरोना भाईरस टेस्ट गरिने व्यवस्था गर्नुपर्दछ ।
उनले कोरोना भाइरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई अत्यावश्यक पीपीई तथा मास्कको उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोइरालाले पीपीई र ल्(ढछ मास्कको अभाव रहेकाले तत्काल उपलबध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्