Logo

अमेरिकन आइडलमा दिवेशको गीत सुनेर रोए निर्णायक



काठमाडौँ, ११ चैत । विश्वकै चर्चित सिङगिङ रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले नयाँ प्रस्तुति दिएका छन् । दिवेशको प्रस्तुतिलाई अडिसन र त्यसपछिको राउन्डमा जस्तै यो पटक पनि निर्णायकले मन पराएका छन् ।

आफ्नै एरेन्जमेन्टको गीत भन्दै प्रस्तुती दिएको दिवेसको गीत सुनेर निर्णायक लिओनेल रिची रोएको केही घण्टा अगाडि अपलोड गरिएको अमेरिकन आइडलको युट्युब च्यानलमा देख्न सकिन्छ । उनले छोटो समयमा आफूले तयार पारेको गीत एक्सपेरिमेन्टका रुपमा प्रस्तुत गरेको बताएका छन् ।

निर्णायकसँगको प्रस्तुतीसँगै प्राक्टिस रुपमाका केही झलक पनि देखाइएको छ । दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन पनि दिएका छन् । यस असघका प्रस्तुतीमा पनि उनले निरन्तर निर्णायकले स्ट्यान्डिङ अवेसन पाउँदै आएका छन् ।

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येक एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् ।

प्रतिक्रिया दिनुहोस्