Logo

च्याम्पियन्स लिग फाइनल अनिश्चितकालका लागि स्थगित



काठमाडौँ, ११ चैत । यूईएफए च्याम्पियन्स लिग फुटबको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले सोमबार घोषर्ण गर्दै च्याम्पियन्स लिगको फाइनल खेल अनिश्चिकालका लागि स्थगित भएको जनाएको हो ।

यूईएफएले फाइनलको अर्को मितिका लागि निर्णय नभएको समेत जनाएको छ । यूईएफएका अध्यक्ष एलेक्सेन्डर सेफेरिनले यस क्यालेन्डरको फरिक्षण सुरु गरिरहेको र समयमै घोषणा हुने बताए ।

यसअघि च्याम्पियन्स लिगको फाईनल खेल टर्कीको ईस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय भएको थियो । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण फाइनल खेल अनिश्चितकालका लागि स्थगित भएको छ ।

यूईएफएका अनुसार यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत स्थगित गरिएको जनाएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगका खेल सञ्चालन भइरहदाँ कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको थियो । शीर्ष १६ का चार खेल अझै बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्