Logo

ओलम्पिक एक वर्ष सर्न सक्छ: ओलम्पिक सदस्य पाउड



काठमाडौँ, ११ चैत । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का वरिष्ठ सदस्य डिक पाउडले टोकियो ओलम्पिक स्थगित हुन सक्ने बताएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ओलम्पिक स्थगित भएर एक वर्षका लागि सर्न सक्ने उनले बताएका हुन् ।

उसो त ठूला राष्ट्र अस्ट्रेलिया र क्यानाडाले ओलम्पिकमा सहभागिता नजनाउने भएपछि ओलम्पिक सर्न सक्ने विज्ञहरुको भनाइ थियो । “सामान्य सूचनाका आधारमा भन्नु पर्दा आईओसीलेओलम्कि सार्न सक्ने सम्भावना छ । खेलहरु हुन्छन् । तर, जुलाई २४ बाटै हुने सम्भावना कम भने छैन्,” यूएसए टुडेसँगको कुराकानीमा पाउडले भने ।

प्रतिक्रिया दिनुहोस्