Logo

हलिउडका १० सेलिब्रिटीलाई कोरोना



काठमाडौँ, ११ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ । सर्वसाधारणका अलावा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । संक्रमित सबैलाई अइसोलेसनमा राखिएको छ । हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोभिड(१९ बाट संक्रमित भएको पाइयो । भारतवंशी एक्ट्रेस इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन । इन्दिरा बिरामी हुनुभन्दा पहिला एमिलिया क्लार्कसँग काम गरिरहेकी थिइन् । इन्दिराले कोरोना पीडित भएको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – अमेरिकन रेडियो र टीभी होस्ट एन्डीले इन्स्टाग्राममा भिडियो शेयर गरेर आफू पीडित भएको जानकारी गराए । अहिले कोरोनाका कारण टीभी सो प्रोडक्सन बन्द छ । अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम धेरै ठूला फिल्मको हिस्सा बनिसकेका छन् । उनीहरूले इन्स्टाग्राममा भिडियो शेयर गरेर आफू बिरामी भएको जानकारी गराएका हुन् ।

अमेरिकन गायक सार्लेट लरेन्सले इन्स्टाग्राममा कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए । २६ वर्षकी रसेल म्याथ्युज ुह्यापी डेथ डेु र ुह्यापी डेथ डे टु युु मा देखिएकी थिइन् । रसेलले पनि इन्स्टा स्टोरीमा संक्रमणको जानकारी दिइएकी हुन् । क्रिस्टोफर हिब्जुले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै कोरोना संक्रमणको जानकारी दिएका थिए । उनले आफ्नो पोस्टमा फ्यानलाई सावधानी अपनाउन आग्रह गरेका छन् । अभिनेता, निर्देशक,डिजे र्‍यापर तथा गायक इदरिस अकुना एल्बादले भिडियो म्यासेज शेयर गरेर आफू बिरामी रहेको बारे जानकारी दिका हुन् । अहिले उनी एसोलेसनमा रहेका छन् ।

४० वर्षीया फ्रिन्च अभिनेत्री ओल्गा कुरेलिन्कोले इन्स्टाग्राममा क्वारेन्टाइनको फोटो शेयर गरेर बिरामी भएको बताएकी छन् । साथै उनले सबै फ्यानलाई कोरोनालाई गम्भीरतापूर्वक लिन सल्लाह दिएकी छन् । अभिनेत्री निर्माता गायिका रिटा विल्सन पनि कोरोनाको चपेटामा छिन् । रिटाले पनि टमसँग सोसल मिडियामार्फत् संक्रमित भएको खबर दिएकी थिइन् । मिडिया रिपोर्टअनुसार रिटासँगको भेटपछि अस्ट्रेलियन पत्रकार रिचर्ड विल्किन्स पनि गम्भीर बिरामी भएका छन् । हलिउड अभिनेता टम ह्याक्स कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रिटी हुन् । उनीले ११ मार्चमा सोसल मिडियामार्फत कोरोना पीडित भएको जनकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्