Logo

कोरोना सन्त्रासः नमाज पढ्ने कार्यक्रम स्थगित



काठमाडौँ, ७ चैत । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि घर-घरमै नमाज पढ्न सुरु गरेका छन् ।

हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे मस्जिद संघले जनाएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन कार्यान्वयन गर्न मस्जिदको सट्टा घरमै नमाज पढ्न थालिएको हो ।

संघले जनाएअनुसार मदरसाहरूको सम्पूर्ण पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका गरिएको छ ।

मुस्लिम आयोगले शुक्रबार एक सूचना प्रकासित गरी शुत्रबार पढिने जुम्मा नमाज घर वा कारखानामा बसेर पढ्न निर्देशन दिए पछि पठनपाठन सहित मस्जिदका सबै कार्यक्रम बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्