Logo

विद्यार्थीसँग क्षमा माग्दै परीक्षा बोर्ड



काठमाडौँ, ६ चैत । राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ ।

आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थी र अभिभावकसँग क्षमा मागेको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालद्वारा जारी विज्ञप्तिमा ‘एसइई परीक्षा स्थगन हुँदा यसबाट विद्यार्थी तथा अभिभावकलगायत सम्बद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ’ भनिएको छ ।

यसबारेमा सदस्य सचिव अर्यालले कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थाप्रति सचेत हुँदै अन्तिम समयमा आएर परीक्षा स्थगन गर्नुपरेकामा क्षमाप्रार्थी रहेको बताए । बोर्डले परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई एसइई परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न निर्देशन दिएको छ भने सुरक्षा निकायलाई परीक्षाका सबै सामग्री सुरक्षाका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्