Logo

‘दिपक मनाङे’ पोखराको लेकसाइडबाट पक्राउ



पोखरा, ९ माघ । कास्की प्रहरीले गण्डकी प्रदेश सभा सखस्य राजीव गुरुङ ‘दिपक मनाङे’ पक्राउ परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा पहरीले बिहिवार पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

सादा पोसाकका प्रहरीले होटल प्याडाइजबाट मनाङेलाई पक्राउ गरेको हो । अध्यक्ष गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए ।

यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए । मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै झापड हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्