Logo

प्रदेश १ सरकारमा दुई मन्त्री पद खाली, चार राज्यमन्त्री नियुक्त



बिराटनगर, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले चार जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि कृषि तथा सहकारी, झापाकी जसमाया गजमेरलाई सामाजिक विकास र मोरङका विजयकुमार विश्वासलाई पर्यटन राज्यमन्त्रीको राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश १ का सात वटा मन्त्रालयमा भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन । मुख्यमन्त्रीले राज्इमन्त्री भने नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्