Logo

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा



काठमाडौँ, ५ माघ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रालय निकट स्रोतले खरेलले राजीनामा आइतबार मन्त्री योगेश भट्टराई समक्ष राजीनामा दिएको रातोपाटीलाई बतायो ।

यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।

झापाका खरेललाई सरकारले २०७५ भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्