Logo

कांग्रेसले बुझायो सरकारलाई देशभरबाट विरोधपत्र



काठमाडौं,५ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शन गर्दै सरकारलाई देशभरबाट विरोधपत्र समेतपठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको हुँदा त्यसको विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको हो ।

पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

यसैक्रममा काठमाडौं सहित देशका सबै जिल्लामा कांग्रेसका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्दै विरोधपत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्