Logo

कैलालीमा ब्राउन सुगरसहित तीन पक्राउ



कैलाली, २९ पुस । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८, बुद्धचोक बस्ने २० वर्षीय उमेश धामी, २० वर्षकै उमा चौधरी र १९ वर्षीया असरानी चौधरी छन् ।

उनीहरूको साथबाट ५१० मिलिग्राम ब्राउग सुगर र सेवन गर्न प्रयोग गरेको १० रुपैयाँको नोटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्