Logo

पवन गिरी र रीमाको ‘बधाई छ’



काठमाडौँ, २८ पुस । गायक पवन गिरीको ‘बधाई छ’ बोलको गीत सार्वजनिक भएको छ । सेन्टिमेन्ट रक शैलीको गीतमा रीमा विश्वकर्मा फिचर्ड छिन् ।

कल्याण सिंहको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले संगीत एरेन्ज गरेका छन् । यो म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन् ।

गायक पवन गायन रियालिटी शो ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका थिए । त्यसैगरी रीमा विश्वकर्मा नेपाल आइडलको होस्ट थिइन् । गीत हेर्नुस्

प्रतिक्रिया दिनुहोस्