Logo

माछापुच्छ्रे बैंकको किसान कार्ड



काठमाडौँ, २७ पुस । कृषि उपजमा लगानी बढाउने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । साना तथा मध्यम आय भएका किसानलाई राहत दिने लक्ष्यका साथ बैंकले सो सेवा शुरु गरेको हो ।

बैंकले युकेएड सक्षमको ‘एक्सेस टु फाईनान्स कार्यक्रम’ र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई कार्ड प्रदान गर्ने योजना ल्याएको हो । उक्त किसान कार्डअन्र्तगत किसानले रु चार लाखसम्मको कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा अवस्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकलाई उक्त कार्ड प्रदान गरी सेवाको शुरुआत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

किसान कार्डमार्पmत कृषकले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् ।

ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई व्यवसायमा सहयोेग गरी आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जना गर्न उक्त किसान कार्ड सुविधा ल्याइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्