Logo

सिवानीसँग बिहे गर्दै फरहान अख्तर



एजेन्सी, २७ पुस । बलिउड अभिनेता फरहान अख्तरले बिहे गर्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार फरहानले अभिनेत्री सिवानी दंडेकरसँग यही वर्ष (सन् २०२०) बिहे गर्ने चर्चा छ।मुम्बई मिररका अनुसार फरहान र सिवानीले एक वर्षअघि आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए। यो सम्बन्धलाई उनीहरूले चाँडै बिहेको रूप दिन लागेको बताइएको छ।

‘यो वर्ष अन्त्यतिर फरहान र सिवानीले बिहे गर्ने योजना बनाएका छन्। त्यति बेला फरहानको नयाँ फिल्म तूफानु पनि रिई रशलिज हुँदैछ। तर फिल्म रिलिजअघि नै उनीहरूले बिहे गर्ने सुनिएको छ’ मुम्बई मिररले फरहाननिकट स्रोतलाई उल्लेख गर्दै लेखेको छ। गत मार्चमा फरहानले प्रेमिका सिवानीका लागि रोमान्टिक कविता लेख्दै आफ्नो प्रेम उजागर गरेका थिए।

‘मलाई थाहा छैन, तपाईंले प्रेम भेट्नुहुन्छ वा प्रेमले तपाईंलाई भेट्छ। जे भए पनि यो ब्रह्माण्डले दिएको उपहार हो,’ यति लेख्दै फरहानले आफू र सिवानीको फोटो सेयर गरेका थिए।

फोटामा उनीहरूले एकअर्काको हात समाएका छन् र दुवैका हातमा औंठी पनि देखिन्छ। यो फोटो सार्वजनिक भएसँगै उनीहरूलाई ट्विटरमा बधाइको ओइरो आएको थियो। सिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा पनि सक्रिय छन्। फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्