Logo

प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो



काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । उनलाई शनिबार दिउँसो स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको हो ।

ओलीलाई नियमित डायलासिसको लागि शिक्षण अस्पताल लगिएको उनका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको आजै डायलासिस सकेर साँझ बालुवाटार फर्कनेछन् ।

१२ वर्षअघि मृगौला परिवर्तन गरेका प्रधानमन्त्री ओली पछिल्लो केही महिनादेखि पुनः मृगौलाकै समस्याका कारण बारम्बार अस्पताल भर्ना भइरहेका छन् । डेढ महिनाअघि उनको शिक्षण अस्पतालमै एपेन्डिसाइटिसको शल्यक्रिया समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्