Logo

बक्सर बोईजले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा



बुधबारे, २२ पुस । युवाहरुको संगठन बक्सर बोईज युथ क्लबले विद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ ।

नवकिरण आधारभूत विद्यालय बुद्धशान्ति–३ का ४५ जना साना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो स्वीटर बितरण गरिएको हो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बक्सर बोईजका अध्यक्ष एलिन लिम्बुको प्रमुख आतिथ्यमा कपडा बितरण गरिएको हो ।

गत असोज २८ गते एक साँस्कृतिक तथा साँगीतिक कार्यक्रममा संकलन भएको रकमबाट बचेको रकमले उत्त कपडा बितरण गरिएको बताइएको छ । कार्यक्रममा शिक्षक खेमराज कट्टेलले स्वागत तथा सञ्चालन छविन्द्र तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्