Logo

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, भुटानसँग भिडन्त हुने



काठमाडौँ, २२ मंसिर । नेपाल १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको पुरुष फुटवलको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालको जितका लागि खेलको ११ औँ मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।

जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्