Logo

बाँकेमा गाेली चल्यो: डीएसपीसहित ९ प्रहरी घाइते



बाँके, २२ मंसिर । काेहलपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा एक बालकसहित नौ जना प्रहरी घाइते भएका छन् । विद्यालय जाँदै गरेकी एक छात्रालाई ट्रकले किचेपछि आक्रोशित भिडले बाटो बन्द गरेको थियो ।

कोहलपुर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृित चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो

प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा अध्ययनरत सुशील थापा गम्भीर घाइते भएका छन् । प्रहरीतर्फ डीएसपीसहित नौजना घाइते भएका छन् ।

उनकाे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । आइतबार बिहान १० बजेदेखि सुरु भएको आन्दोलनलाई दबाउन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेकाे थियाे । हाल काेहलपुर बजार बन्द भएकाे छ । जिल्ला प्रशासनले अपराह्न ३ बजेबाट कर्फ्युकाे तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्