Logo

कोहलपुर इलाका प्रहरी कार्यालयमा ढुंगामुढा, प्रहरीद्वारा हवाइ फायर



काठमाडौँ, २२ मंसिर । स्थानिय र प्रहरीबिच इलाका प्रहरी कार्यालय कोहलपुरमा झडप भएको छ ।

बाँकेको कोहलपुरमा विद्यार्थीलाई ठक्कर दिने चालकलाई संरक्षण गरेको भन्दै इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरिएको छ ।

आक्रोशित विद्यार्थी, स्थानीय बजारवासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रहरीले पनि बल प्रयोग गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्