Logo

इटहरीको सूर्य कम्प्लेक्समा आगलागी, ६ करोड बढीको क्षती



इटहरी, २२ मंसिर । सुनसरीको इटहरीमा मध्यराति भिषण आगलागी हुँदा अनुमानित ६ करोड बढीको क्षति भएको छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्प्लेक्समा आगलागी हुँदा अनुमानित ६ करोड बढिको क्षती भएको हो । शनिबार मध्यराती सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट लागेको आगो ९ वटा दमकलको सहायतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

विराटनगर,दमक,सप्तरी,धरानको २ वटा दुहवी, महेन्द्रगर,सुन्दरहरैचा र इटहरीको गरि ९ वटा दमकल सँगै प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको हो । ७ महिना यता संचालनमा आएको सो रेष्टुरेण्टमा ५ करोडको लगानी रहेको संचालक किरण कुमार बुढाथोकी बताउँछन् । बुढाथोकीका अनुसार आफु १२ बजे रेष्टुरेन्ट बन्द गरेर घर हिँडेको राती १ बजे मात्र आफुले थाह पाएको बताए ।

उनका अनुसार किचन माथिल्लो तलामा सुरक्षीत रहेको, स्मोकिङ जोन अलग रहेको कारण कसरी आगो लाग्यो आफु अचम्बित बनेको बताए । आगलागीबाट बिग बार रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सूर्य कम्लेक्सको भवनमा समेत क्षती हुन पुगेको छ । सोही भवनको पहिलो तलामा रहेको ग्लोबल आइएमइ बैंकमा सामान्य क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्