Logo

इरान र अमेरिकाले कैदीबन्दी साटासाट गर्ने !



काठमाडौँ, २२ मंसिर । इरान र अमेरिकाले पछिल्लो समय बढ्दै गएको एक अर्काबीचको तनाव अन्त्य गर्न कैदीबन्दी साटासाट गर्ने निर्णय गरेका छन् ।

तेहरानले अमेरिकाबाट इरानी वैज्ञानिक मसुद सोलिमानीलाई रिहा गर्ने घोषणा गरेको छ । केही दिनअघि अमेरिकाले प्रिस्टनमा अध्ययनरत एक इरानी विद्यार्थी घर फर्किएको बताएको थियो ।

इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले बन्दी बनाइएको चिनियाँ मुलका अमेरिकी नागरिक झियु वाङलाई चाँडै नै परिवारको जिम्मा लगाइने बताएका छन् ।

उक्त कदमको पुष्टि गर्दै राष्ट्रपति डोनाल्ड ट्रपलेसमेत आफ्ना नागरिकलाई स्वागत गर्न आतुर रहेको बताएको ह्वाइट हाउसले जनाएको छ । वाङ सन् २०१६ देखि जासुसको आरोपमा इरानको नियन्त्रणमा रहेका थिए ।

सन् २०१५ मा अमेरिकाले आणविक सम्झौताबाट एक पक्षिय रुपमा पछि हट्ने निर्णय गरेसँगै इरान र अमेरिकाको सम्बन्ध चिसिँदै गएको छ । पछिल्लो कदमले दुवै देशलाई वार्ताको टेबुलमा बस्ने वातावरण बनाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्