Logo

झापाका रामले जिते ‘भ्याइस अफ नेपाल २’ को उपाधी



झापा, २२ मंसिर । द भ्याइस अफ नेपाल सिजन २ को उपाधी झापाका राम लिम्बुले हात पारेका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।

उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलका लागि छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक हो ।

योसँगै राम लिम्बुले नगद १२ लाख रुपैयाँ र ड्याटसनको रेडी गो कार जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्