Logo

नायिका ऋचा र दिपेशले कसे लगन गाँठो



काठमाडौँ, २१ मंसिर । नायिका ऋचा शर्माले आज लगन गाठो कसेकी छिन् । शर्माले आफ्ना प्रेमी दिपेशसँग वैवाहिक बन्धनमा बाधिएका हुन् ।

ऋचा यतिबेला नेपालको पहिलो र ठूलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को जर्जको रुपमा रहेकी छन् । केहि समय अगाडी पोखरामा व्याचलर्स पार्टीसमेत गरिसकेकी ऋचाले दिपेश विक्रम राणालाई जीवन साथी बनाएकी छिन् ।

दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरु करिब दुई वर्ष अघिदेखि प्रेममा थिए । ऋचा बेला बेला अभिनयसंगै अभिव्यक्तिका कारण पनि चर्चामा आउने नायिका हुन् ।

प्रतिक्रिया दिनुहोस्