Logo

विभिन्न किसिमका महोत्सवले पर्यटकको मन जित्न सफलः गृहमन्त्री



काठमाडौं, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पु¥याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र व्यवसायको प्रवद्र्धनमा ठूलो जोड पुग्ने बताएका छन् ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा आज उनले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गरे । उनले भने, “हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु ।”

सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुकनै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ । प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्