Logo

‘भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले आज



काठमाडौँ, २१ मंसिर । ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल आज हुँदैछ । फाइनलमा चार जना प्रतिस्पर्धी राम लिम्बू, विकास लिम्बू, सनिष श्रेष्ठ र आरिफ रौफ पुगेका छन् ।

राम लिम्बू कोच प्रमोद खरेलको टिमबाट हुन् भने कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बू, राजु लामाको टिमबाट शनिस श्रेष्ठ र कोच आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलबाट सञ्जय महत, गीता शर्मा, मेचु धिमाल र याङ्की यल्मो बाहिरिएका थिए ।

ग्रान्ड फिनाले काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा हुने छ । ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्