Logo

सरकार गलत बाटोमा हिँडेको पुष्टि भयो: महत



काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उपनिर्वाचनको परिणामले सरकार गलत बाटोमा हिँडेको पुष्टि भएको बताएका छन् ।

नुवाकोटको ककनीमा बिहीबार नेपाल तरुण दल नुवाकोट क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महतले मंसिर १४ को उपनिर्वाचन कांग्रेसको लागि उपलब्धिमुलक भएको पनि बताए । सरकारलाई उपनिर्वाचनले सच्चिन गतिलो सन्देश दिएको भन्दै सरकारलाई दम्भको घमण्ड त्यागेर सच्चिन आग्रह पनि गरे ।

कांग्रेसले लालकिल्ला भनेर कम्युनिष्टहरुले भन्दै आएको भक्तपुर र धरानमा राम्रो मतान्तरले चुनाव जितेको भन्दै अब आउँदो चुनावमा कम्युनिष्टका अरु किल्लाहरु भतकाउने दाबी गरे ।

त्यसका लागि कार्यकर्ताहरुलाई एक ढिक्का भएर जनताको काममा लाग्न सुझाव दिए । नेकपाको झुठो प्रचारविरुद्ध जनतासँग जनसम्पर्क बढाउन उनले तरुण दलका नेताकार्यकर्तालाई उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्