Logo

रुग्ण उद्योगहरु संचालनमा ल्याउने तयारी भैरहेको छः मन्त्री भट्ट



कैलाली, १९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले रुग्ण उद्योगहरु संचालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । प्रेस संगठन सुदूरपश्चिमले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले रुग्ण उद्योगहरुको अवस्था हेरेर तिनीहरुलाई संचालन गर्ने तयारी भैरहेको बताएका हुन् ।

मन्त्री भट्टले औद्योगिक ग्राम स्थापनाका लागि स्थानीय सरकारले सम्भाव्यता अध्ययन गरी डिपीआर बनाउन आग्रह गरे । उनले सरकारले कैलाली र कञ्चनपुरमा घोषणा गरेको औद्योगिक क्षेत्र निर्माणका लागि पहल भइरहेको जानकारी समेत दिए ।

महेन्द्रनगरमा निर्माण हुने सुख्खा बन्दरगाह छिटो निर्माण गर्न आफुले पहल गरिरहेको भन्दै मन्त्री भट्टले बन्दरगाह निर्माणबाट मुलुकको समग्र विकासमा फाईदा पुग्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्