Logo

भीमनगर फुटबल क्लब क्वाटरफाइनलमा



झापा, १६ मंसिर । भीमनगर फुटबल क्लब भद्रपुर ट्राइब्रेकरमा संर्घषपूर्ण जित निकाल्दै झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित सोमबार भएको खेलमा राजगढ फुटबल क्लवलाई ट्राइब्रेकरमा ३ को विरुद्ध पाँच गोल गर्दै भीमनगर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

भद्रपुर माविको खेल मैदानमा आज भएको दोस्रो दिनको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गयो । ट्राइब्रेकरमा भीमनगरका तर्फबाट विश्वास लिम्बु, सनम लिम्बु, राम मार्डी, अनिश भट्टराई, विवेक गुरुङले गोल गरेका थिए ।

राजगढका तर्फबाट विशाल दर्जी, दिपेश खतिवडा, गोकुल राजवंशी गोल गरेका थिए । अभिषेक गुरुङले पोस्ट भन्दा बाहिर प्रहार गर्दा राजगढले हार बेहोर्नु पर्‍यो ।

खेलको म्यान अफ द म्याच राजगढका श्याम र्मुर्मु घोषित भएका थिए । मङ्गलवार चन्द्रगढी फुटबल क्लब र सुर्यनगर फुटबल क्लब बिच हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए ।

प्रतियोगितामा पाँच वटा चर्च र पाँच वटा क्लब गरी१० वटा टिमको सहभागिता हुने आयोजक समितिले जनाएको छ । विजेता टिमलाई नगद ३०हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्