Logo

कम्युनिष्टसँग असन्तुष्ट जनता कांग्रेससँग सन्तुष्ट हुन्छन् भन्ने छैन: नेता पौडेल



काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग असन्तुष्ट जनता कांग्रेससँग सन्तुष्ट हुन्छन् भन्ने अवस्था नरहेको बताएका छन् ।

उपनिर्वाचनको परिणामतर्फ लक्षित गर्दै उनले सरकारको असफलता कांग्रेसतर्फ आकर्षणको कारण हुन नसक्ने बताए । कांग्रेस नेता भिमबहादुर तामाङको सातौं स्मृतिदिवसका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

“कम्युनिस्टसँग भरोस नहुँदा कांग्रेस छ भन्ने बनाउन सक्नुपर्छ । इतिहास भजाएर मात्र हुँद‌ैन,” पौडेलले भने । उनले राजनीतिलाई सम्मानित र कांग्रेसलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्