Logo

भारततर्फ लैजाँदै गरेको साढे चार हजार किलो सुपारी बरामद



झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ठूलो परिमाणको सुपारी बरामद भएको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको चार हजार ६ सय २० किलो सुपारी प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले साइकलमा लोड गरी लैजान तयारी गरिएको झन्डै १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी मेची पुलनजिकबाट बरामद गरेको हो।

बरामद भएको सुपारी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्