Logo

तेक्वान्दोमा सीना लिम्बू माडेनले जितिन् स्वर्ण



काठमाडौँ, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा पुनः सफलता हात पारेको छ । नेपालकी सिना लिम्बू माडेनले तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् ।

सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन् । यसअघि नेपालले पुरुषतर्फ एक स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्