Logo

नेपाल आइन् ‘रेस ३’ अभिनेत्री डेजी



काठमाडौँ, १५ मंसिर । भारतीय अभिनेत्री डेजी शाह नेपाल आएकी छिन् । उनी भैरहवामा हुने एक इभेन्टमा सहभागिता जनाउन नेपाल आएकी हुन् ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टले बलिउड सेलिब्रेटीलाई निमन्त्रणा गरेर कार्यक्रम गर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक तान्ने उद्देश्यले यो रिसोर्टले नेपालमा बलिउड कलाकारलाई ल्याउने गरेको छ ।

यसैबीच इभेन्टका लागि डेजी शाह शनिवार नेपाल आएकी हुन् । शनिवार राति नै उनले प्रस्तुति दिने कार्यक्रम थियो । टाइगर प्यालेस रिसोर्टले यसअघि पनि बलिउडका कलाकारलाई प्रस्तुतिका लागि निमन्त्रणा गरिसकेको छ ।

डेजीले बलिउड फिल्म ‘रेस ३’ मा सलमान खानसँग अभिनय गरेर चर्चा कमाएकी थिइन् । उनले सलमान खानको हिट फिल्म ‘तेरे नाम’ मा केमियोमा काम गरेकी थिइन् । उनले १ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्