Logo

डेब्यू फिल्म नै फ्लप भएका बलिउडका यी ५ चर्चित अभिनेत्रीहरु



एजेन्सी, १३ मंसिर । भनिन्छ , असफलता नै सफलताको प्रतिक हो । त्यसैले जीवनमा एक पटक असफल भएपनि हार खानु हुदैन् । यहाँ अधिकांश सफल मानिस असफलतालाई नै सामना गदै सफल बनेका छन् । आज हामी यही असफलताको सामना गदै चर्चित बनेका बलिउडका ५ अभिनेत्रीहरुको बारेमा कुरा गदै छौँ । जसको डेब्यू फिल्म नै फ्लप भएको थियो । हेर्नुस् को को हुन् रु

कट्रीना कैफ
बलिउडकी चर्चित अभिनेत्रीमध्ये कट्रीना कैफ पनि एक हुन् । उनले बलिउडमा फिल्म ‘बुम’ बाट करियरको सुरुवात गरेकी थिइन् । तर उनको डेब्यू फिल्म नै बक्सअफिसमा असफल भयो । त्यसपछि उनले असफलतालाई सामना गदै थुप्रै हिट फिल्महरु दिइन् ।

माधुरी दीक्षित
माधुरी दीक्षित पनि बलिउडकी एक चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा थुप्रै हिट फिल्महरु दिइसकेकी छिन् । उनको डेब्यू फिल्म ‘अबोध’ हो । तर यो फिल्म बक्स अफिसमा असफल भयो ।

करिना कपुर
करिना कपूरको पनि डेब्यू फिल्म नै फ्लप भएको थियो । उनले बलिउडमा फिल्म ‘रिफ्युजी’ बाट डेब्यु गरेकी थिइन् । तर पनि उनले आफ्नो अभिनय यात्रालाई अगाडि बनाइन् । त्यसको फलस्वरुप आज उनी बलिउडकी चर्चित अभिनेत्री बनेकी छिन् ।

ऐश्वर्या राय बच्चन
बलिउडकी चर्चित अभिनेत्रीमध्ये ऐश्वर्या राय बच्चन पनि एक हुन् । उनले फिल्ममा अभिनय यात्रा सुरु गर्नुअघि नै विश्व सुन्दरीको ताज जितिसकेकी थिइन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात फिल्म ‘और प्यार हो गया’बाट गरेकी थिइन् । तर यो फिल्म बक्सअफिसमा असफल साबित भयो ।

काजोल
बलिउडमा डेब्यू फिल्म नै फ्लप हुने अभिनेत्रीहरुमा काजोल पनि पर्छिन् । उनले फिल्म ‘बेखुदी’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल साबित भयो । तर पनि काजोलले असफलताको सामना गदै हिट फिल्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्