Logo

भारतिय दूतावासमै पुगेर विद्यार्थीले जलाए भारतको नयाँ नक्सा



काठमाडौँ, २२ कार्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा आज विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् ।

विरोधका क्रममा विद्यार्थीहरुले भारतले सार्वजनिक गिरेको नयाँ नक्सा समेत भारतिय दूतावास अगाडी पुगेर जलाएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका हुन् ।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्