Logo

‘घामड शेरे’ आजबाट हलमा



काठमाडौँ, २२ कार्तिक । ट्रोलका कारण विवादमा आएको चलचित्र ‘घामण शेरे’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रल फ्राइडे रिलिज अन्तरगत आजबाट प्रदर्शनमा आएको हो ।

यसअछि कार्तिक ८ गते रिलिज हुने भनिए पनि हल थोरै पाएपछि अन्तिम समयमा आएर आजका लागि सरेको थियो । हेमराज बिसीको कथा लेखन तथा निर्देशन रहेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको आक्रोशित मुद्राको तस्बिर चलचित्र ‘घामड शेरे’को पोस्टरसँग जोडेर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यो ट्रोल बनेको थियो ।

उक्त ट्रोललाई लिएर आफूलाई थुप्रै धम्की आएको निर्देशक हेमराज बिसीले बताएका थिए । सामाजिक सञ्जालमा अरुले बनाएको ट्रोललाई लिएर आफूलाई फेसबुक म्यासेजमा धम्की आएको आएको बिसीले जानकारी दिएका थिए ।

उनले एक विज्ञप्ति समेत जारी गर्दै चलचित्रको पोस्टरमा कांग्रेस सभापति शेरबाहादुर देउवाको फोटो जोेडिएको ट्रोल आफूले नबनाएको र आफ्नो चलचित्रमा पनि त्यस्तो कुनै सामग्री नरहेको स्पष्ट पारेका छन् । यद्यपि उनले आफ्नो चलचित्रसँग जोडिएको विषय भएकाले कसैको व्यक्तित्वमा असर परेकोमा माफि समेत मागेका थिए ।

उनले चलचित्र ‘घामण शेरे’मा रहेको पात्र ‘शेरे’को चरित्र, व्यवहार र कार्यशैली समेत राजनीतिक नरहेको बताएका छन् ।

कांग्रेस कार्यकर्ताले सुदूरपश्चिममा ‘घामण शेरे’ चल्न नदिने बताएपछि निर्माण पक्षले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग पनि यस विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्