Logo

विनोदसहित ५ खेलाडीलाई पीएसएल ड्राफ्टमा राख्न क्यानको प्रस्ताव



काठमाडौँ, २२ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले विनोद भण्डारीसहित पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ ।

आइसीसीमार्फत क्यानले विनोद भण्डारीसहित आरिफ शेख, करण केसी, पवन सरार्फ र ललित नारायण राजवंशीलाई ड्राफ्टमा राख्न प्रस्ताव गरेको हो ।

प्रस्ताव पठाएसँगै आईसीसीले नेपालका पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग९पीएसएल० को ड्राफ्टमा राख्न भूमिका खेल्नेछ । नवनिर्वाचित क्यानले अन्य फ्रेन्चाइज लिगमा पनि नेपाली खेलाडी समावेश गर्ने प्रक्रिया अघि बढाउने बताएको छ ।

पाकिस्तान क्रिकेट बोर्डको आयोजनामा यस वर्षको पाकिस्तान सुपर लिग फेब्रुअरी २० देखि मार्च २२ सम्म सञ्‍चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्