Logo

नेपालविरुद्ध तेस्रो मिनेटमै म्यानमारलाई अग्रता



काठमाडौँ, २१ कार्तिक । म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल तेस्रो मिनेटमा नै पछि परेको छ । खेल सुरु भएको तेस्रो मिनेटमा नै घरेलु टोलीले फि(क्रिकमार्फत गोलगरेपछि नेपाल पछाडि परेको हो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाली टोलीको गोलकिपरमा विकेश कुथु छन् । त्यसैगरी अन्नत तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, दिनेश राजबंशी, तेज तामाङ, सन्तोष तामाङ, रवि शंकर पासवान, अन्जन विष्ट र बिमल घर्तिमगर छन् ।

विश्वकप छनोटको तयारी स्वरुप नेपाल म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्