Logo

अनेरास्ववियुका कार्यकर्ताले कनकाई क्याम्पस संचालक समितिका अध्यक्षलाई मोसो दले



झापा, २१ कात्तिक । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई अनेरास्ववियुका कार्यकर्ताले मोसो दलेका छन् ।

संचालक समितिले प्राध्याक निस्काशन गरेको बिरुद्ध आन्दोलनरत अनेरास्ववियुका कार्यकर्ताले आज क्यासमा अध्यक्ष चुँडाललाई मोसो दलेका हुन् । प्राध्यापक निस्काशनका बिरुद्ध अनेरास्ववियु र क्याम्पस प्राध्यापक संघ एक महिनादेखि आन्दोलनरत छन् ।

प्राध्यापकको पुर्नवहालीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि आज विद्यार्थीले मोसो दलेका छन् । संचालक समितिको आज बिहान बसेको बैठकपछि अध्यक्ष चुडालमाथी विद्यार्थीले मोसो दलेका हुन् ।

प्राध्यापकले बिगत आठ महिनादेखिको पारिश्रमिक नपाएपछि प्राध्यापक संघले दशैँ अघि ज्ञापनपत्र बुझाएको थियो । संचालक समितिले विद्यालय र क्याम्पस भाँडेको आरोप लगाउँदै दशैँ बिदा हुनु अघिल्लो दिन प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट निस्काशन गरेको थियो ।

संचालक समितिले त्यस अघि पनि स्थापना कालदेखिका प्राध्यापक तथा दुई कार्यकाल क्याम्पस प्रमुख भएका टंक कार्कीलाई हटाएको थियो । समितिले एक वर्ष अघि ईश्वरीप्रसाद सिवाकोटी र आशा शर्मालाई पनि बिना कारण हटाएको प्राध्यापक संघको भनाई छ ।

क्याम्पसमा बिवाद बढ्दै गएपछि संचालक समितिका सात जना सदस्यले यसअघि नै राजीनामा दिएका छन् । क्याम्पसमा हुने पछिल्ला दिनका बिबादले क्याम्पसको पठनपाठन प्रभावित हुन थालेको छ ।

झापाको मध्यभागमा रहेको सुरुङामा स्थापित कनकाई बहुमुखी क्याम्पस बिक्रम सम्वत् २०४७ साल स्थापना भएको हो । शिक्षा, मानविकी,व्यस्थापन लगायतका संकायमा स्नाकोत्तर तहसम्मको अध्यापन कार्य हुँदै आएको छ । क्याम्पसमा लगभग एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक क्याम्पसको रुपम रहेको यस क्याम्पसको आफ्नै भवन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्