Logo

हाउसफुल ४ काे कमाईमा विवाद



मुम्बई, २० कार्तिक । बलिउड अभिनेता अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म हाउसफूल ४ ले एक हप्तामा करीव १३७ करोड भारु कमाइसकेको छ । तर सुरुमै मोटो कमाई देखाएको भन्दै फिल्म विवादमा फसेको थियो ।

यो आरोपलाई ठाडै अस्वीकार गर्दै अक्षय कुमार भन्छन्, ‘हाउसफुल ४ का निर्माता फक्स डिज्नी हो र यो कुनै सानोतिनो कम्पनी होइन । यो फिल्मले करोडौं डलरको फिल्म बनाउँछ र उनका लागि हाउसफुल ४ कुनै ठूलो फिल्म त होइन जुन उनीहरूले पाँच करोडका लागि झुटो बोल्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्