Logo

पर्यटकीय गन्तव्यः सिक्किमको छेङ्गु लेक



सिक्किम, २० कात्तिक । उत्तर पूर्वी भारतको सिक्किम पर्यटनका लागि उत्कृष्ठ गन्तव्य बनेको छ । सिक्किमको राजधानी ग्यान्टोक भारतका सफा र सुन्दर शहर मध्येको एक हो । भारतीयका लागि मात्र होइन, बंगलादेश, नेपाल, भुटान, लगायतका देशका पर्यटकका लागि सिक्किम गन्तव्य स्थल बनेको छ ।

सिक्किमको राजधानी ग्यान्टोकबाट ४० किलोमिटर उत्तरमा रहेको छेङ्गु लेक पर्यटकका लागि राम्रो गन्तव्य स्थल हो । समुद्री सतहबाट ३७ सय ५३ मिटर उचाईमा रहेको छेङ्गु लेकमा जाडो मौसममा हिउँ पर्ने गर्दछ ।

मानव निर्मित ताल, केवल कार, चौँरीमा चडेर गरिने यात्रा पर्यटकका लागि निकै रमाइला हुने गर्दछ । हिउँ परेका समय झन आकर्षक हुने गर्दछ, छेङ्गु लेक ।

ग्यान्टोकबाट अनुमती पत्र लिएर मात्र जान पाइने छेङ्गोेमा हिउँ परेको समय निकै आकर्षक देखिन्छ । छेङ्गु लेकबाट तिब्बतको नाथुला नाका पुग्न १० किलोमिटरको यात्रा गर्नु पर्दछ । भारतीय बाहेक अन्य देशका नागरिकले नाथुला बोर्डरसम्म जाने अनुमती पाउँदैनन् ।

फोटो फिचर

छेङ्गु लेक छेउको बजार र बस्ती
केबल कार
प्रतिक्रिया दिनुहोस्