Logo

किन आलोचित भइरहेकी छिन् रानू मण्डल !



काठमाडौँ, २० कार्तिक । रेल स्टेसनमा गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडकी गायिकाको रूपमा स्थापित भएकी रानू मण्डल उनको आवाजले गर्दा निकै चर्चित भइन् ।

तर, जनताले माया गरेर चर्चाको शिखरमा पुगेकी उनी यति बेला एउटा भिडियोको कारण आलोचित भएकी छिन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरूले नै उनको आलोचना गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा एक महिला प्रशंसक रानूसँग सेल्फी लिनका लागि उनलाई कोट्याएर बोलाउँछिन् । तर रानू मण्डलले ती प्रशंसकसँग आफूलाई त्यसरी छोएकोमा झर्किन्छिन् र सोध्छिन्, ‘यसको मतलब के हो ?’ उनको यो व्यवहारले सबैलाई आश्चर्यचकित बनाएको छ ।

सामाजिक प्रयोगकर्ताहरूले रानूलाई आफ्ना पुराना दिनहरू सम्झिन भनेका छन्। सामाजिक संजालामा रानू प्रसिद्धिको लायक छैनन् भन्दै उनको आलोचना भइरहेको छ । ‘उनी सेलिब्रेटी हुन्, कसैले उनलाई बिउँझाऊ र यो बताऊ की मानिसहरूका कारण उनी सेलेब्रेटी बनेकी हुन्’ भनि उनीप्रति आक्रोश पोख्नेहारु धेरै भेटिएका छन् ।

सङ्घर्षको पाठ दिनेले आफ्ना शुभचिन्तक माथि गरेको यो व्यवहार प्रति असन्तुष्टि प्रकट गर्नु सामान्य नै मान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्